काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मेलम्चीलगायत जिल्लामा भएका विभिन्न विपदका पीडितका नाममा चन्दा वा राहत संकलन गरे कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
चन्दा वा राहत संकलन गर्दा कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना, दुईवर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा चन्दा वा राहत संकलन गरेमा, बजारमूल्य वृद्धि गरेमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा कारबाही हुने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असार २०७८, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेलम्ची खानेपानी वितरण बन्द
बागमती नदीमा छाडियो मेलम्चीको पानी