‘अमेरिकासँग वार्ता गर्न या लड्न दुबैमा तयार छौं’ : किन जोङ

एजेन्सी

शनिबार, ०५ असार २०७८, ०८ : १०
‘अमेरिकासँग वार्ता गर्न या लड्न दुबैमा तयार छौं’ : किन जोङ

एजेन्सी । अमेरिका र उत्तर कोरियाबीच तनाव जारी छ । तर आउँदो केही महिना धेरै महत्वपूर्ण सावित हुन सक्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछि अमेरिका र उत्तर कोरियाको बीच औपचारिक सम्पर्क हुन सकेको छैन । यही बीचमा उत्तर कोरियाका सर्वोच्च नेता किन जोङ उनको अभिव्यक्ति सार्वजनिक भएको छ । उनका अनुसार उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न र लड्न दुबै तयार छ ।

केही दिन पहिले ह्वाइट हाउसले बाइडेन प्रशासनले नर्थ कोरियाको लागि नयाँ रणनीति बनाइरहेको बताएको थियो । जुन रणनीति प्राक्टिकल हुने बताइएको थियो । यसअघिनै कुटनैतिक पहलको पूरै मौका मिलिसकेकाले अब व्यवहारिक हुने ह्वाइट हाउसको भनाइ थियो । 

न्यूयोर्क टाइम्सको एक रिपोर्टका अनुसार किमले अधिकारीहरुलाई आदेश दिएका छन् कि अमेरिकासँग टकराव या बातचीत दुबैका लागि तयार भएर बस्नुपर्नेछ । उनले त्यसका लागि तयार रहन पनि अधिकारीहरुलाई निर्देशन दिएका छन् । बाइडेन प्रशासनको नयाँ रणनीतिलाई लिएर उत्तर कोरियामा उत्साह रहेको समाचारमा उल्लेख छ । यस रणनीतिको किमले समीक्षा गरेका छन् । 

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा उत्तर कोरियाले कयौं पटक अमेरिकामा हमला गर्ने धम्की दिएको थियो । उसो त किम र ट्रम्पबीच भेटवार्ता समेत भएको थियो । तर उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्न सो वार्ता असफल बन्यो । अब बाइडेन प्रशासनले यस प्रकरणमा नयाँ रणनीतिका साथ डिल गर्न चाहेको समाचारमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस