युरोकप : स्लोभाकियालाई हराएर स्विडेन शीर्षमा

एजेन्सी

शुक्रबार, ०४ असार २०७८, २१ : ०४
युरोकप : स्लोभाकियालाई हराएर स्विडेन शीर्षमा

काठमाडौं । एमिल फोसवर्गले गरेको एक मात्र पेनाल्टी गोल मद्दतमा स्वीडेनले युरोकप २०२० को समूह इ को खेलमा स्लोभाकियालाई १-० ले पराजित गरेको छ ।

स्विडेन समूहको शीर्ष स्थानमा छ र उसले आफ्नो लिग चरणको अन्तिम खेलमा पोल्यान्डको सामना गर्नेछ । यसअघि स्विडेनले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो ।

खेलको एक मात्र गोल इमिल फोसबर्गले गरे । उनले ७७ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन् । स्लोभाकियाली गोलरक्षक मार्टिन डुब्राभ्कले एलेक्जान्डर इसाकलाई लडाएपछि स्विडेनले पेनाल्टीको अवसर पाएको हो ।

उता पहिलो खेलमा पोल्याण्डलाई पराजित गरेको स्लोभाकिया भने हारपछि २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस