केपी–माधव पक्षका नेताबीच आज पनि वार्ता, के भयो निर्णय ?

सफल खबर संवाददाता

शुक्रबार, ०४ असार २०७८, १९ : २७
केपी–माधव पक्षका नेताबीच आज पनि वार्ता, के भयो निर्णय ?

काठमाडौं । एमाले विवाद मिलाउन आज केपी ओली पक्ष र माधव नेपाल पक्षका नेताबीच छलफल भएको छ । समिट होटल ललितपुरमा भएको छलफलबाट वार्तालाई जारी राख्ने र जसरी भएपनि पार्टी एकता कायमै राख्ने निष्कर्ष निकालिएको एक नेताले बताए ।

उनीहरूबीच आज करिब दुई घण्टाजति छलफल भएको एमाले स्थायी कमिटी सदस्य तथा ओलीपक्षीय नेता सुवास नेम्वाङले जानकारी दिए । नेम्वाङले दुवै पक्षका तर्फबाट मिलन विन्दुको खोजी भइरहेको बताए । 

शुक्रबारको छलफलमा ओली पक्षका तर्फबाट सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए । झलनाथ खनाल र माधवकुमार नेपालको तर्फबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट रहेको बताइएको छ ।

ओलीको पछिल्लो ६ बुँदे प्रस्तावमा केही कन्फ्यूजन भएको हुनाले स्पष्ट धारणा आउनुपर्ने माधव पक्षका नेताहरुले बताएका छन् । खनाल–नेपाल समूहले सहमतिका लागि ६ बुँदा अघि सारेको छ । ओलीले पनि एकताका लागि जेठ ३ मा फर्कन तयार रहेको बताए पनि जेठ २ मा फर्कने भएमात्रै समझदारी हुन सक्ने नेपाल पक्षको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस