एकैदिन चितवनमा ९ जनाको मृत्यु, ८४ संक्रमित थपिए

सफल खबर संवाददाता

शुक्रबार, ०४ असार २०७८, १७ : ०८
एकैदिन चितवनमा ९ जनाको मृत्यु, ८४ संक्रमित थपिए

चितवन । चितवनका अस्पतालहरुमा आज एकैदिन ९ जना संक्रमितको मृत्यु भएको छ । जसमा चार जना चितवनवासी हुन् । आज एकैदिन चितवनमा ८४ जना संक्रमित थपिएका छन् । 

विगत २४ घण्टामा २४ जना चितवनका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर अस्पतालमा ४ जना, चितवन मेडिकल कलेजमा ३ जना र पुरानो मेडिकल कलेजमा २ जना संक्रमितको मृत्यु भएको छ । 

चितवनका अस्पतालको आईसीयू र भेन्टिलेटरमा गरेर ११५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । एचडीयूमा ३७ जना, जनरल बेडमा ११० जनाले उपचार गराइरहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार  चितवनमा हालसम्म २६१ जना संक्रमितको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस