डेनमार्क र आयरल्यान्डद्धारा नेपाललाई  स्वास्थ्य सहायता प्रदान

सफल खबर संवाददाता

शुक्रबार, ०४ असार २०७८, १३ : ३८
डेनमार्क र आयरल्यान्डद्धारा नेपाललाई  स्वास्थ्य सहायता प्रदान

काठमाडौं । डेनमार्क र आयरल्यान्डले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई स्वास्थ्य सहायता प्रदान गरेका छन् ।युरोपको नागरिक सुरक्षा संयन्त्रअन्तर्गत प्रदान गरिएका ती सामग्री काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युरोपेली युनियनकी राजदूत नोना डेप्रेजले ती सामग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरिन् । डेनमार्कले २६ थान भेन्टिलेटर तथा आयरल्यान्डले ७२ थान अक्सिजन कन्सनट्रेटर, ४४ थान भेन्टिलेटर प्रदान गरेको छ । 

प्रतिक्रिया दिनुहोस