विश्वमा एकैदिन ३ लाख ८५ हजार संक्रमित थपिए, ८ हजार ५ सय बढीको मृत्यु

एजेन्सी

शुक्रबार, ०४ असार २०७८, ११ : ५७
विश्वमा एकैदिन ३ लाख ८५ हजार संक्रमित थपिए, ८ हजार ५ सय बढीको मृत्यु

काठमाडौँ । विश्वमा बितेको २४ घण्टामा ३ लाख ८५ हजार ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ८ हजार ५ सय ६ जना कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ८१ लाख ८५ हजार ३ सय ८९ पुगेको छ । अहिलेसम्म ३८ लाख ५७ हजार ५ सय ४ जनाले ज्यान गुमाएका छन् ।

संक्रमित १६ करोड २६ लाख ८३ हजार १८२ जनाले कोरोनालाई जितेका छन् भने १ करोड १६ लाख ४४ हजार ७ सय ३ जनामा सक्रिय संक्रमण छ।

सक्रिय संक्रमितको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररतमध्ये ८२ हजार ५ सय ५ को स्वास्थ्य अवस्था गम्भीर छ ।