कोरोना अपडेट : थप २ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३९ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०३ असार २०७८, १७ : ००
कोरोना अपडेट : थप २ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  यस्तै २ हजार १ सय ४१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् । 

मन्त्रालयका अनुसार जम्मा १२ हजार ४ सय ८४ जनामा परीक्षण गर्दा २ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९ सय ८४ पुगेको छ । 

यस्तै हालसम्म ४ लाख ४५ हजार बढी संक्रमण मुक्त भएका छन् भने मृतकको कुल संख्या ८ हजार ५ सय ९७ पुगेको छ ।