काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा ओलीले बुझाएको जवाफमा विपक्षी शेरबहादुर देउवाले माग दावी पेश गर्दा आफूलाई प्रधानमन्त्री नियुत्त, समेत गर्न माग गरेपनि त्यो कार्य अदालतले गर्न नसक्ने जिकिर गरिएको हो ।
‘यो नितान्त राजनैतिक र कार्यपालिकीय प्रक्रिा हो । संविधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्त गर्ने अधिकारी राष्ट्रपति बाहेक कसैलाई दिएको छैन । यस्तो कार्य राष्ट्रपतिको कार्यालयबाट सम्पादन हुन समेत सक्दैन । संविधानले धारा ७६ को उपधारा २,३ वा ५ बमोजिम राष्ट्रपतिले नियुक्त गरेका प्रधानमन्त्रीप्रति प्रतिनिधिसभाको विश्वास छ वा छैन भनी परीक्षण गर्ने अधिकार दिएको छ । तर धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त नभएको कुनै व्यक्तिको परीक्षण प्रतिनिधिसभा वा अदालतमा कुनै परिकल्पना गरेको छैन ।’
२०१६ को संविधान वा २०६३ को संविधानमा जस्तो प्रधानमन्त्रीलाई निर्वाचन गर्ने व्यवस्था विद्यमान संविधानमा नराखिएको ओलीले जवाफमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असार २०७८, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने