काठमाडौँ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६७ हजार संक्रमित थपिएका छन् । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ६७ हजार २ सय ९४ जनामा संक्रमण भएको छ ।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९६ लाख ९९ हजार ५ सय ५५ पुगेको छ ।
भारतमा ८ लाख ३३ हजार ८० जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन १ हजार ४ सय ११ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८१ हजार ९ सय ३१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०३ असार २०७८, ११ : ०९
लेखकबाट थप