माधव नेपालमाथी किन बढ्यो आफ्नैको घेराबन्दी ?

सफल खबर संवाददाता

विहीबार, ०३ असार २०७८, ०९ : ३७
माधव नेपालमाथी किन बढ्यो आफ्नैको घेराबन्दी ?

काठमाडौं । एमाले अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीसँग विद्रोहका लागि अन्तिम तयारीमा रहेका माधव नेपाललाई उनकै समुहका नेताहरुको घेराबन्दी शुरु भएको छ । एमालेभित्रकै एकतामा नेपाल समुहकै दोस्रो तहका नेताहरु कम्मर कसेर जुट्दा नेपाललाई अप्ठयारो पर्न थालेको छ ।

नेपाल समुहका प्रभावशाली मानिएका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भटटराई, गोकर्ण विष्ट र भीम आचार्य अहिले ओलीसँग मिल्नुपर्ने भन्दै लिने–दिने विषय एमालेभित्रै रहेर खोजी गर्नुपर्ने बहस गर्न थालेका छन् । तर नेपाल समुहका भीम रावल, युवराज ज्ञवाली, बेदुराम भुषाल लगायतका नेताहरु भने ओली पूरै रुपान्तरण हुन नचाहेसम्म पार्टी एकताको सम्भावना नै नरहेको पक्षमा छन् । नेपाललाई आफ्नैले घेराबन्दी गर्न खोजेपछि उनी पनि अप्ठयारोमा परेका छन् । 

बिरामी अवस्थामा रहेका झलनाथ खनालको वक्तब्यमा समेत राजनीतिकरण खनाल नेपाल पक्षकै यी प्रभावशाली नेताहरुले गरेको आशंका गरिन थालिएको छ । यसका लागि ओलीसँगै मिल्नुपर्ने भित्री लविङमा रहेका भीम आचार्यले खेलेको आरोप नेपाल समुहभित्रै उठ्न थालेको छ ।राष्ट्रिय सभा चुनाव, प्रदेश सरकार लगायतका विषयमा काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र बाबुराम पक्ष र राष्ट्रिय जनमोर्चा सहितसँग माधव नेपालले गठबन्धन बनाएका छन् ।

नेपाल समुहका प्रभावशाली मानिएका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भटटराई, गोकर्ण विष्ट र भीम आचार्य अहिले ओलीसँग मिल्नुपर्ने भन्दै लिने–दिने विषय एमालेभित्रै रहेर खोजी गर्नुपर्ने बहस गर्न थालेका छन् । तर नेपाल समुहका भीम रावल, युवराज ज्ञवाली, बेदुराम भुषाल लगायतका नेताहरु भने ओली पूरै रुपान्तरण हुन नचाहेसम्म पार्टी एकताको सम्भावना नै नरहेको पक्षमा छन् । नेपाललाई आफ्नैले घेराबन्दी गर्न खोजेपछि उनी पनि अप्ठयारोमा परेका छन् । 

यो गठबन्धन निर्माण भईरहदा विपक्षी यो मोर्चाले ओली विरुद्धको अभियानमा सफल हुदै आएका पनि थिए । यसलाई काँग्रेस, माओवादी लगायतका दलका शीर्ष नेताहरुले ५ दलीय गठबन्धनको नाम समेत दिएका छन् । केन्द्रमा माधव नेपाल सहित बसेको शीर्ष नेताको बैठकले केन्द्र देखि प्रदेश तहसम्म ओली प्रवृत्तिको भण्डाफोर गर्ने र आफुहरुको गठबन्धन बलियो बनाउने निर्णय गरेपछि नेपाल समुहभित्रकै योगेश, घनश्याम, सुरेन्द्र भीम र गोकर्ण विष्टहरुले गठबन्धनबाट माधव नेपाललाई अलग्याउने प्रयासमा जुटेका छन् ।

उनीहरुले प्रदेश तहमा सरकारहरुमा अश्चर्यजनक रुपमा ओली र नेपाल समुहका बीचमा एकता कायम गर्दै केन्द्रमा माधव नेपाललाई दबाब बढाउन थालेका छन् । नेपालले एकचरण जवस मोर्चा, समानान्तर जिल्ला कमिटिका पदाधिकारी, केन्द्रीय समिति लगायतका नेताहरुको भर्चुअल बैठकबाट राय धारणा बुझेपछि र एक खालको निर्देशन दिएपछि त्यसलाई चुनौती दिन छुट्टै प्रशिक्षण नेपाल खनाल समुहका यी ५ नेताहरुले दिन थालेका छन् । ओली र उनी पक्षका नेताहरुसँग पनि निरन्तर भेटवार्ता गरेर यी नेताहरुले जेष्ठ २, २०७५ मा पार्टी फर्काएको जसरी एउटा बैठक बोलाईदिएर त्यही बैठकमा आफुहरुको उपस्थिती बनाएर फेस सेभिङ गराईदिए मात्र पुगने डिल ओलीसँग गर्न थालेका छन् ।

यसो भएमा नेपाललाई पनि अप्ठयारो हुने र उनी पनि बाध्य भएर एमालेमै फर्किने र विपक्षी मोर्चा छोड्ने वातावरण बन्ने दोस्रो तहका नेताहरुले ओली पक्षसँग आग्रह गरिरहेका छन् । ‘पहिला सर्वाेच्च अदालतको आदेश अनुसार पनि जेठ २ को पार्टी स्थायी समिति बैठक बोलाएमा सबै हल भएर जान्थ्यो, प्रधानमन्त्रीले त्यक्ति हिम्मत गरे, पार्टी एकता हुन्थ्यो,’ नेपाल समुहका ५ जना मध्येका एक नेताले सफलखबरसँग भने । तर उनी माधव नेपाललाई आफुहरुले घेराबन्दी गरेको भने स्वीकार्दैनन् ।

नेपाल समुहका वार्ता र एकता पक्षधर ५ नेताले नेपाललाइ नै अप्ठयारोमा पार्न अहिले नेपालले चाल्ने कदममा काउन्टर दिन भित्री रुपमा शुरु गरिसकेका छन् । उनीहरुले तल्लो तहबाट माथिल्लो तहमा दबाब बढाउने रणनीति बनाएका छन् । जबकी नेपालले भने काँग्रेस, माओवादीहरुसँग केन्द्रमा बलियो मोर्चा बनाउँदै तल्लो तहमा पनि मोचाबन्दी गर्न निर्देशन गरिरहेका छन् । ठिक उल्टो छ, नेपाल समुहका ५ भाईको योजना ।

ओलीले पनि त्यही बुझेर पार्टीको स्थायी समितिको बैठक कुन मितिको बोलाउने भन्नेमा आन्तरिक छलफल थालेका छन् । यसले नेपाल समुहभित्रै खेलेर नेपाल पक्षलाई कमजोर बनाउने रणनीतिमा ओली देखिन्छन् । सबै प्रदेश तहको सरकारमा ओली बिहिन बनाउने केन्द्रीय मोर्चाबन्दीमा रहेका नेताहरुको प्रयास भएपनि नेपाल समुहकै ५ भाईले भने एमाले एकता गरेर जसको नाममा सहमति बन्छ, अहिले पार्टी जोगाउन एमालेभित्रकै तिनै नेताको नेतृत्वमा सरकार बनाउन प्रयास गर्नुपर्ने मत अगाडी सार्न थालेका छन् । यो चलखेलले पनि नेपाललाई अप्ठ्यारो पार्न थालेको छ ।
 

प्रतिक्रिया दिनुहोस