चितवनमा एकैदिन तीन संक्रमितको मृत्यु, ४८ जना थपिए

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, १६ : ५९
चितवनमा एकैदिन तीन संक्रमितको मृत्यु, ४८ जना थपिए

चितवन । चितवन जिल्लामा पछिल्लो २४ घन्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनका विभिन्न अस्पतालमा १०५ जनाको आइसियू कक्षमा उपचार भइरहेको छ। ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

पछिल्लो २४ घन्टामा भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा १ जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालहरुबाट ३५ जना डिस्चार्ज भएका छन् ।

चितवनका विभिन्न अस्पतालहरुमा २५० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा चितवनमा थप ४८ जनालाई कोरोना संक्रमण देखिएको छ। 

प्रतिक्रिया दिनुहोस