जाकार्ता । इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।
स्थानीय समय अनुसार बुधबार बिहान ११.४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०२ असार २०७८, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प