भारतमा कोरोना : थप ६२ हजार संक्रमित, १ हजार ४५२ संक्रमितको मृत्यु

एजेन्सी

मंगलबार, ०१ असार २०७८, १२ : १९
भारतमा कोरोना : थप ६२ हजार संक्रमित, १ हजार ४५२ संक्रमितको मृत्यु

नयाँ दिल्ली ।  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६२ हजार संक्रमित थपिएका छन् । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ६२ हजार ५ सय ९७ जनामा संक्रमण भएको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९५ लाख ७० हजार ३५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ९ लाख २० हजार १ सय ९४ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन १ हजार ४ सय ५२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार ६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस