इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई

एजेन्सी

सोमबार, ३१ जेठ २०७८, १२ : २३
इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफतली बेनेटलाई बधाई दिएका छन।अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार फोन गरेर प्रधानमन्त्री बेनेटलाई बधाई ज्ञापन गरेका बताइएको छ ।

इजरायलमा नाफतली बेनेट आइतबार मात्र प्रधानमन्त्री नियुक्त भएका थिए । उनले आइतबार राति नै प्रधानमन्त्री पदको सपथ लिएको बताइएको छ ।इजरायलका प्रधानमन्त्री बेनेटले सपथ लिएको दुई घन्टापछि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई फोन गरेर बधाई दिएको बताइएको छ ।

त्यस फोनवार्ताका क्रममा अमेरिकाले आगामी दिनमा पनि विगतमा जस्तै इजरायलसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको इजरायलभन्दा नजिक अर्को कुनै पनि देश नरहेको बताएको समाचारमा जनाइएको छ ।

इजरायलमा लामो समयदेखि प्रधानमन्त्रीका रुपमा सेवा गर्नुभएका बेन्जामिन नेतान्याहु बाहिरिएपछि आइतबार मात्र बेनेट इजरायलको प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।उनले आइतबार राति इजरायलको प्रधानमन्त्रीका रुपमा सपथ लिएका थिए  । त्यसलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई फोन गरेर बधाई दिएका थिए ।(रासस÷सिन्ह्वा)
 

प्रतिक्रिया दिनुहोस