युरो कप २०२१ अन्तर्गत आज कुन कुन देश बिच भिडन्त हुदैछ ?

एजेन्सी

सोमबार, ३१ जेठ २०७८, ०७ : ५६
युरो कप २०२१ अन्तर्गत आज कुन कुन देश बिच भिडन्त हुदैछ ?

एजेन्सी । युरो कप २०२१ अन्तर्गत सोमबार राति स्कटल्याण्ड र चेक रिपब्लिक तथा पोल्याण्ड र स्लोभाकियाबीच भिडन्त हुँदैछ । 

स्कटल्याण्डस्थित हाप्डेनपार्क रंगशालामा खेल नेपाली समयअनुसार पौने ७ बजे हुनेछ । यस्तै पोल्याण्ड र स्लोभाकियाबीचको खेल राति पौने १० बजे रसियास्थित क्रेस्तोभ्स्की रंगशालामा हुनेछ । 

यस्तै आजै स्पेन र स्वीडेनबीचको खेल पनि हुँदैछ । सो खेल भने नेपाली समयअनुसार राति पौने १ बजेदेखि सुरु हुनेछ । स्पेन जारी युरोकपको दावेदार मानिन्छ ।

प्रतिक्रिया दिनुहोस