भारतमा संक्रमण दर घट्दै : पछिल्लो २४ घण्टामा थप ६५ हजार संक्रमित, ३ हजार ७१ संक्रमितको मृत्यु

एजेन्सी

आइतबार, ३० जेठ २०७८, ११ : १६
भारतमा संक्रमण दर घट्दै : पछिल्लो २४ घण्टामा थप ६५ हजार संक्रमित, ३ हजार ७१ संक्रमितको मृत्यु

काठमाडौँ ।  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६५ हजार संक्रमित थपिएका छन् । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ६५ हजार ९७३ जनामा संक्रमण भएको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९४ लाख २४ हजार २६ पुगेको छ ।

भारतमा १० लाख ३८ हजार ७९४ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ३ हजार ७१ संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने भारतमा उस्तै छ ।

पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ७० हजार १६८ पुगेको छ ।