काठमाडौं । नेपाली कांग्रेस नेता गगन थापाले बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नहुने उल्लेख गरेका छन् । सामाजिक संजाल मार्फत ट्वीट मार्फत प्रतिक्रिया व्यक्त गर्दै नेता थापाले नरोत्तम वैद्यको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन।
मलाई विश्वास छ,दलको नेताको निर्देशनअनुसार आत्मालोचना गर्दै अभिव्यक्ति फिर्ता लिनुहुनेछ।अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन,आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन ।’
शुक्रबारको प्रदेश सभा बैठकमा नरोत्तम वैद्यले दिएको अभिवयक्तिप्रति उनले टिप्पणी गरेका हुन् । उनले कांग्रेसभित्र हिंसालाई कनै स्थान नहुने स्पष्ट पारेका छन् ।
शुक्रबार बागमती प्रदेशसभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए। गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ जेठ २०७८, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा