भारी वर्षापछि भारतमा चार तल्ले भवन भत्कियो, ९ जनाको मृत्यु

एजेन्सी

विहीबार, २७ जेठ २०७८, ११ : ४८
भारी वर्षापछि भारतमा चार तल्ले भवन भत्कियो, ९ जनाको मृत्यु

काठमाडौँ ।  भारी वर्षापछि भारतको मुम्बइस्थित मलाड वेस्टको मालवानी क्षेत्रमा रहेको एउटा चार तल्ले भवन भत्किँदा कम्तीमा  ११ जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे मुम्बईको मलाड पश्चिमको बस्तीमा घर भत्किएको हो ।

अहिलेसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा सातजना घाइते भएका छन् । भत्किएको घरको आसपासमा रहेका तीन घर पनि खाली गरिएको छ । रातिको समयमा घर भत्किएका कारण धेरैको ज्यान गएको हो ।

 

भारी वर्षाकै कारण मुम्वइका सडक तथा रेलमार्ग पनि बन्द भएको छ । अझै चार दिन भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउ भारतीय मौसम विभागले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस