कोपा अमेरिकाका लागि ब्राजिलको टिम घोषणा

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, ११ : ३०
कोपा अमेरिकाका लागि ब्राजिलको टिम घोषणा

काठमाडौं । यही जुन १३ देखि घरेलु मैदानमा हुने कोपा अमेरिका फुटबलका लागि ब्राजिलको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक टिटेले बुधबार २४ सदस्यीय टोली घोषणा गरेका हुन् ।

Yeti Diistillery Tansen Cement box

विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपाको ४७औं संस्करण यसअघि कोलम्बिया र अर्जेन्टिनामा हुने तय थियो । तर कोलम्बियामा राष्ट्रपतिविरुद्ध प्रदर्शन र अर्जेन्टिनामा कोरोनाका कारण ब्राजिललाई नयाँ आयोजक तोकिएको हो ।

ब्राजिलमा पनि कोरोना संक्रमण दर बढिरहेको र केही खेलाडी प्रतियोगिताको विपक्षमा रहेकोले अझै पनि शङ्का छ । यसैबीच पनि ब्राजिलले टोली भने घोषणा गरेको छ ।

ब्राजिलको टिममा ३ गोलकिपर, ८ डिफेण्डर, ६ मिडफिल्डर र ७ फरवार्ड छन् ।प्रतियोगिताको उद्घाटन खेलमा ब्राजिलले जुन १३ मा भेनेजुएलासँग खेल्ने तालिका छ ।