कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

सफल खबर संवाददाता

बुधबार, २६ जेठ २०७८, १४ : ४९
कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । अचानक मुटुमा समस्या देखिएपछि शुक्रबार राति गंगागाल अस्पताल भर्ना भएका श्रेष्ठ बुधबार बिहान डिस्चार्ज भएका हुन् । 

स्वास्थ्यमा राम्रो सुधार आएको कारण श्रेष्ठलाई बिहान ११ बजे अस्पतालले डिस्चार्ज गरेको थियो । कलाकार श्रेष्ठ दुई पटकसम्म कोरोना संक्रमित भएर निको भएका छन् । 

प्रतिक्रिया दिनुहोस