बाँकेमा ३ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

सफल खबर संवाददाता

बुधबार, २६ जेठ २०७८, १० : ५३
बाँकेमा ३ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

नेपालगञ्ज । उपचारको क्रममा बाँकेमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँके कोहलपुर नगरपालिका वडा नम्बर ६ की ४० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ १३ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

प्यूठान जिल्ला प्यूठान नगरपालिका वडा नम्बर ६ का ७२ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । जेठ ९ गते एन्टिजेन गरिएका उनलाई १८ गते भर्ना गरिएको थियो ।

यसैगरि बर्दिया राजापुर नगरपालिका वडा नम्बर ७ की ८० वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ १८ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट ३ सय ४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा ३ सय २४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस