काठमाडौँ बौद्धमा भेटिएको मानव अंगको डिएनए गर्ने तयारी

सफल खबर संवाददाता

मंगलबार, २५ जेठ २०७८, १५ : ५४
काठमाडौँ बौद्धमा भेटिएको मानव अंगको डिएनए गर्ने तयारी

काठमाडौँ ।  बोरामा पोको पारेर फ्याकिएको मानव अंग (घुँडामनिको खुट्टा) को प्रहरीले डीएनए परीक्षण गराउने तयारी गरेको छ। काठमाडौँको बौद्धस्थित नयाँबस्तीमा भेटिएको मानव अंग पुरुष वा महिला कसको हो भन्ने खुल्न नसकेकाले लिंग पहिचानका लागि डीएनए परीक्षण गराउने तयारीमा यतिबेला प्रहरी जुटिरहेको छ ।

परिसर प्रमुख एसएसपी अशोक सिंहका अनुसार मानिसको खुट्टा मात्र भेटिएकाले महिला वा पुरुष छुट्टयाउनसमेत कठिन भएकाले पहिचान गर्न डीएनए परीक्षण गर्ने तयारी गरिएको छ ।

घटना गम्भिर प्रकृतिको भएकाले आज बिहान शवको अंश भेटिएसँगै प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि बोलाएको थियो । टोलीले पनि डीएनए परीक्षण गर्नुपर्ने सुझाव दिएको छ । पैतालाको भाग र हड्डीहरुमात्रै भेटिएकाले मृतक को हो भन्नेबारे पहिचान खुल्न सकेको छैन ।
 

प्रतिक्रिया दिनुहोस