अब विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुनपर्ने

सफल खबर संवाददाता

मंगलबार, २५ जेठ २०७८, १५ : २४
अब विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुनपर्ने

काठमाडौं । विदेशी लगानी भित्र्याउन  नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिए पनि हुने भएको छ । नेपाल राष्ट्र बैंक बिदेशी लगानी तथा विदेशी ऋण ब्यवस्थापन बिनियमावली २०७८ जारी गर्दै विदेशी लगानीकर्ताले विदेशी लगानी स्विकृत गर्ने निकायबाट लगानीको स्विकृत प्राप्त गरेपछि विदेशी मुद्रा नेपाल पठाउँन वा भित्र्याउन राष्ट्र बैंकको स्विकृति अनिवार्य नहुने केन्द्रिय बैंकले जनाएको छ  ।
 
तर लगानी भित्रिएपछि राष्ट्र बैंकमा लेखाङ्कन भने गर्नुपर्छ । यसअघि लेखाङ्कन नभएको भए अब सूचना जारी गरेर एक बर्षको समय दिइने व्यवस्था गरेको छ  र कागजपत्र पुरा भएको सात दिनभित्र लेखाङकन हुनेछ । 

बिदेशी ऋण लिन भने राष्ट्र बैंकको स्वीकृति लिनु पर्छ । सो ऋणको लागि १५ दिनभित्र स्वीकृति उपलब्ध हुने व्यवस्था गरिएको छ । सो ऋणको लेखाङ्कन ६ महिनाभित्र गर्नुपर्छ। भुक्तानी तालिका तोकेर ऋण आएको छ भने बैंक तथा वित्तीय संस्थाबाटै भुक्तानी हुने छ।

राष्ट्र बैंक जानु पर्नेछैन । नेपाल भित्रिएको विदेशी लगानीबापतको रकम बैंक तथा वित्तीय संस्थाले सम्बन्धित कम्पनी तथा उद्योगको खातामा जम्मा गर्न सक्छन्। यसका लागि नौ वटा कागजपत्र आवश्यक पर्छ ।  विदेशबाट रकम भित्रिएको र फिर्ता बाहिरिएको विवरण बैक तथा वित्तीय संस्थाले केन्द्रिय बैंकलाई उपलब्ध गराउनु पर्ने छ  ।

प्रतिक्रिया दिनुहोस