भारतमा एक केमिकल उद्योगमा आगलागी, १८ मजदुरको मृत्यु

एजेन्सी

मंगलबार, २५ जेठ २०७८, ११ : ५०
भारतमा एक केमिकल उद्योगमा आगलागी, १८ मजदुरको मृत्यु

नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको पुणेस्थित एउटा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ ।

३७ मजदुर कार्यरत रहँदा सोमबार बेलुकी भएको आगलागीमा अझै केही बेपत्ता छन् ।  हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । मोदीले घटनामा मृत्यु भएकाका परिवारलाई २ लाख तथा घाइतेका परिवारलाई ५० हजारका दरले राहत दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस