जर्मनीले गर्यो नेपाललाई स्वास्थ्य सामग्री सहयोग

सफल खबर संवाददाता

मंगलबार, २५ जेठ २०७८, ११ : ४२
जर्मनीले गर्यो नेपाललाई स्वास्थ्य सामग्री सहयोग

धनगढी ।जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्दा बढी थान मास्क, गमबुट, टेन्ट लगायतका सामग्री जर्मनीका राजदूतले हस्तान्तरण गरेका छन् ।


     

प्रतिक्रिया दिनुहोस