अचानक मुटुमा समस्या आएपछि हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

सफल खबर संवाददाता

सोमबार, २४ जेठ २०७८, १८ : ३१
अचानक मुटुमा समस्या आएपछि हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

काठमाडौँ । बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन्। हिजो अचानक मुटुमा समस्या आएपछि श्रेष्ठ गंगालाल अस्पताल भर्ना भएका थिए।

उनको मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न डा. धर्मा यादवले जानकारी दिए। गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएको थियो।

श्रेष्ठलाई सोमबार डिलक्स रुममा सारिएको डा. यादवले जानकारी दिए।

श्रेष्ठ केहीअघि मात्र कोरोना संक्रमणमुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस