भारतमा संक्रमित दर घट्दै,  पछिल्लो २४ घण्टामा थप १ लाख १४ हजारमा संक्रमण

एजेन्सी

आइतबार, २३ जेठ २०७८, ११ : १८
भारतमा संक्रमित दर घट्दै,  पछिल्लो २४ घण्टामा थप १ लाख १४ हजारमा संक्रमण

काठमाडौँ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ  ।

डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १४ हजार ५३७  जनामा संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८८ लाख ८ हजार ३७२ पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।  संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२  हजार २५७ पुगेको थियो ।

आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा  आज २ हजार ६८३ मा झरेको छ ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ४६ हजार ७ सय ८४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस