एकपटक संक्रमण भएपछि १० महिनासम्म संक्रमण हुने जोखिम न्यून

सफल खबर संवाददाता

आइतबार, २३ जेठ २०७८, ०८ : ५३
एकपटक संक्रमण भएपछि १० महिनासम्म संक्रमण हुने जोखिम न्यून

काठमाडौं । एकपटक कोरोना संक्रमण भएपछि १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून हुने एक अध्ययनले देखाएको छ ।

युनिभर्सिटीक कलेज लण्डनका अनुसन्धानकर्ताले बेलायतका दुई हजार संक्रमितमाझ गरेको अध्ययनअनुसार पहिलो संक्रमण भएको १० महिनासम्म पुनः संक्रमण दर निकै न्यून देखिएको हो ।

प्रतिष्ठित ल्यासेन्ट जर्नलमा हालै प्रकाशित एक अध्ययनले कोरोना संक्रमित भएपछि शरीरमा १० महिनासम्म एन्टिबडी सक्रिय रहने देखिएको छ ।


 

प्रतिक्रिया दिनुहोस