चितवनमा एकैदिन ७ संक्रमितको मृत्यु, ६३ संक्रमित थपिए

सफल खबर संवाददाता

शनिबार, २२ जेठ २०७८, १६ : ५८
चितवनमा एकैदिन ७  संक्रमितको मृत्यु, ६३ संक्रमित थपिए

चितवन । चितवन जिल्लामा पछिल्लो २४ घन्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनका विभिन्न अस्पतालमा १५३ जनाको आइसियू कक्षमा उपचार भइरहेको छ। ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

पछिल्लो २४ घन्टामा भरतपुर अस्पतालमा ३, चितवन मेडिकल कलेजमा १ र पुरानो मेडिकल कलेजमा २ र क्यान्सर अस्पतालमा १  जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालहरुबाट ३८ जना डिस्चार्ज भएका छन् । चितवनका विभिन्न अस्पतालहरुमा ३२३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा चितवनमा थप ६३ जनालाई कोरोना संक्रमण देखिएको छ। भरतपुर महानगरपालिकामा ४६, खैरहनी नगरपालिकामा २, माडीमा ९, रत्ननगरमा १, राप्तीमा ३, कालिकामा १ जनामा र इच्छाकामनामा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस