इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा रु तीन लाखभन्दा बढीको क्षति भएको छ ।
स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीमा तीन लाख ५० हजार बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीलाई स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २२ जेठ २०७८, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना