इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा रु तीन लाखभन्दा बढीको क्षति भएको छ ।
स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीमा तीन लाख ५० हजार बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीलाई स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २२ जेठ २०७८, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि