भारतमा  थप १ लाख २१ हजारमा संक्रमण, ३३ सय ८२ जनाको मृत्यु

एजेन्सी

शनिबार, २२ जेठ २०७८, १० : १३
भारतमा  थप १ लाख २१ हजारमा संक्रमण, ३३ सय ८२ जनाको मृत्यु

नयाँ दिल्ली ।  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ  ।

डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख २१ हजार ४५७  जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८६ लाख ९३ हजार ८१६ पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।  संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२  हजार २५७ पुगेको थियो ।

दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएको भारतमा मृतक संख्या ३ हजार आसपासमा झरेको छ । आज भारतमा ३३ सय ८२ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ४४ हजार १०१ पुगेको छ ।