विवादबीच प्रधानन्यायाधीश जबराले बोलाए 'फुल कोर्ट'को बैठक

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, २० : ५२
विवादबीच प्रधानन्यायाधीश जबराले बोलाए 'फुल कोर्ट'को बैठक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’ बोलाएका छन् । संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न शुक्रबार ‘फुल कोर्ट’को बैठक बोलाइएको छ ।

पूर्ण बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनबारे पनि छलफल हुने बताइएको छ । मंगलबार सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका प्रतिनिधिसँग प्रधान न्यायाधीशले एक साताभित्र संवैधानिक इजलास गठनबारे नियमावली संशोधन गर्ने सहमति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस