चितवनमा एकैदिन ५ जना संक्रमितको मृत्यु, १५९ जना आइसियूमा

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १७ : १८
चितवनमा एकैदिन ५ जना संक्रमितको मृत्यु, १५९ जना आइसियूमा

चितवन । चितवन जिल्लामा पछिल्लो २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनका विभिन्न अस्पतालमा १५९ जनाको आइसियू कक्षमा उपचार भइरहेको छ। ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

पछिल्लो २४ घन्टामा भरतपुर अस्पतालमा १, चितवन मेडिकल कलेजमा २ र पुरानो मेडिकल कलेजमा १ र अन्य अस्पतालमा १  जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालहरुबाट ३९ जना डिस्चार्ज भएका छन् । चितवनका विभिन्न अस्पतालहरुमा ३४० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा चितवनमा थप ९८जनालाई कोरोना संक्रमण देखिएको छ। भरतपुर महानगरपालिकामा ७४, खैरहनी नगरपालिकामा ४, माडीमा ८, रत्ननगरमा ७, राप्तीमा २, कालिकामा २ जनामा र इच्छाकामनामा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस