अफगानिस्तानमा तालिबानका एक कमाण्डरसहित १८ जना तालिबान मारिए

एजेन्सी

विहीबार, २० जेठ २०७८, १४ : १४
अफगानिस्तानमा तालिबानका एक कमाण्डरसहित १८ जना तालिबान मारिए

अफगानिास्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबानविरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतङ्ककारी मारिएका छन् । 

अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो प्रान्तमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा आतंककारीका विरुद्धमा हवाइ कारबाही गरेको थियो । त्यस कारबाहीमा परी १८ जना तालिबानको ज्यान गएको बताइएको छ । त्यस आक्रमणमा परी एकजना तालिबानका कमाण्डर पनि मारिएका छन् । मोहमद कुरी रजिम नामका ती तालिबानका कमाण्डर सो क्षेत्रका प्रभावशाली व्यक्ति रहेका बताइएको छ ।

 सो प्रान्तको सैन्य संगठनका प्रवक्ता मोहमद हनिफ रेजाईले सो घटनाको पुष्टि गरेका छन् । यहाँको सेना र प्रहरीले उक्त जिल्लामा हवाई हमला गरेको थियो । त्यस कारबाहीमा परी तालिबानका कमाण्डर रजिम मारिएका सैनिक प्रवक्ता मोहमद हनिफ रेजाईले पुष्टि गरे ।उनले ती कमाण्डरसहित १८ जना सो कारबाहीमा मारिएका बताए ।

 यस कारबाहीको तालिबान आतङ्ककारी समूहले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । त्यसै स्थानमा अफगान सरकारी सुरक्षा बलले गरेको कारबाहीमा केही दिनअघि पनि दर्जनौँ आतङ्ककारी मारिएका बताइएको थियो ।

 पछिल्लो समयमा अफगानिस्तानमा तालिवान र आइएस लडाकूहरुले हिंसात्मक क्रियाकलाप जारी राखेका छन् । सोही कारण अफगान सेना र प्रहरीले पनि तालिबान र आइएसका विरुद्धमा आक्रामक कारबाही जारी राखेको बताइएको छ । अफगानिस्तानमा तालिबानका एक कमाण्डरसहित १८ जना तालिबान मारिए
२० जेठ (रासस÷सिन्ह्वा) ः अफगानिास्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबानविरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतङ्ककारी मारिएका छन् । 

अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो प्रान्तमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा आतंककारीका विरुद्धमा हवाइ कारबाही गरेको थियो । त्यस कारबाहीमा परी १८ जना तालिबानको ज्यान गएको बताइएको छ । त्यस आक्रमणमा परी एकजना तालिबानका कमाण्डर पनि मारिएका छन् । मोहमद कुरी रजिम नामका ती तालिबानका कमाण्डर सो क्षेत्रका प्रभावशाली व्यक्ति रहेका बताइएको छ ।

 सो प्रान्तको सैन्य संगठनका प्रवक्ता मोहमद हनिफ रेजाईले सो घटनाको पुष्टि गर्नुभएको छ । यहाँको सेना र प्रहरीले उक्त जिल्लामा हवाई हमला गरेको थियो । त्यस कारबाहीमा परी तालिबानका कमाण्डर रजिम मारिएका सैनिक प्रवक्ता मोहमद हनिफ रेजाईले पुष्टि गर्नुभयो । उहाँले ती कमाण्डरसहित १८ जना सो कारबाहीमा मारिएका बताउनुभयो ।

 पछिल्लो समयमा अफगानिस्तानमा तालिवान र आइएस लडाकूहरुले हिंसात्मक क्रियाकलाप जारी राखेका छन् । सोही कारण अफगान सेना र प्रहरीले पनि तालिबान र आइएसका विरुद्धमा आक्रामक कारबाही जारी राखेको बताइएको छ । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस