महामारी नियन्त्रणका लागि आफ्नै संकल्प र वाह्य सहयोग आवश्यक छ : पूर्वराजा शाह

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १३ : १०
महामारी नियन्त्रणका लागि आफ्नै संकल्प र वाह्य सहयोग आवश्यक छ : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड महामारी नियन्त्रणका लागि मुलुकको आफ्नै संकल्प र वाह्य सहयोग आवश्यक रहेको बताएका छन् ।कोरोना संक्रमणपछि उपचार गराई अस्पतालबाट फर्केर घरमा आराम गरिरहेका पूर्वराजा र पूर्वरानीले संयुक्त रूपमा जारी गरेको भिडियो सन्देश बिहीबार सार्वजनिक भएको छ । जसमा पूर्वराजाले आफूहरू सबै अहिले स्वस्थ रहेको बताएका छन् ।

पूर्वराजाले आफूहरू महामारीप्रति चिन्तित रहेको र यो प्रक्रिया जारी रहेको भन्दै बाह्य सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद भनेका छन् ।महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतलाई उनले धन्यवाद दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस