एजेन्सी । बेलायतमा कोरोनाविरूद्धको खोप अभियान शुरु भएको ६ महिना भन्दा पनि कम अवधिमा ७५ प्रतिशत वयस्कहरुले खोपको पहिलो डोज लगाईसकेका छन् । बुधबार सार्वजनिक तथ्यांकका अनुसार ७५.२ प्रतिशतले पहिलो डोज र ४९.५ प्रतिशतले खोपको दोस्रो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।
पछिल्लो तथ्यांक अनुसार बेलायतमा हालसम्म छ करोड ५६ लाख ५८ हजार ९४९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड ९५ लाख ८५ हजार ६६५ जनाले पहिलो डोज र दुई करोड ६० लाख ७३ हजार २८४ जनाले दोस्रो डोज लगाएका छन् । पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दरमा सामान्य वृद्धि हुँदै गइरहेको छ ।
केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्ला दिनमा संक्रमण दरमा वृद्धि हुँदै गइरहेको हो । हाल दैनिक संक्रमण दर तीन हजारमाथि रहँदै आएकोछ । निरन्तर बढ्दो क्रममा रहेको संक्रमण दर बुधबार चार हजार ३३० पुगेको छ । यो संख्या एक हप्ताभित्र ३६ प्रतिशतले बढेको हो । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ४४ लाख ९४ हजार ६९९ पुगेको छ ।
यसैगरी बितेको २४ घन्टामा १२ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७९४ पुगेको छ । अघिल्लो दिन बेलायतमा कोरोनाबाट मृत्यु हुने संख्या महामारीशुरु भएयता पहिलो पल्ट शून्यमा झरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २० जेठ २०७८, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित