रवि र स्मिताको नयाँ गीत ‘राजा रानी’ सार्वजनिक (भिडियोसहित)

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, १७ : ३९
रवि र स्मिताको नयाँ गीत ‘राजा रानी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र गायिका स्मिता दाहालको स्वर रहेको गीत ‘राजा रानी’ सार्वजनिक भएको छ । गीतमा शब्द भीम बिसीको र संगीत रिकेश गुरुङ रहेको छ ।  गीतको भिडियोमा कविता श्रेष्ठ, रवि ओड, प्रियंका शिवाकोटी र दिनेश विष्टको अभिनय छ ।

दर्जनौं कोरस डान्स समेत प्रयोग भएको भिडियोमा पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको छ । भिडियो दिनेश विष्टले निर्देशन गरेका हुन् । 

 

 

प्रतिक्रिया दिनुहोस