७० वटा बाघ मार्ने 'टाइगर हबिब' पक्राउ

एजेन्सी

बुधबार, १९ जेठ २०७८, १० : ०१
७० वटा बाघ मार्ने 'टाइगर हबिब' पक्राउ

एजेन्सी । बंगलादेशको प्रहरीले ७० वटा बाघको शिकार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । बंगलादेशी प्रहरीका अनुसार पक्राउ पर्नेमा टाइगर हबिब उपनामले चिनिने हाबिब तालुकदेर रहेका छन् ।

स्थानीय प्रहरीका अनुसार उनले पछिल्लो २० वर्षभन्दा लामो समयदेखि अनाधिकृतरुपमा बाघको शिकार गर्दै आएका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाइएअनुसार उनी बंगलादेशको घना जंगल सुन्दरवन म्यानग्रोभ जंगल नजिकै बस्दै आएका थिए ।

भारत–बंगलादेशको सीमामा पर्ने म्यानग्रोभ जंगल विश्वको सबैभन्दा धेरै ‘बंगाली टाइगर’ पाइने क्षेत्र हो । अधिकारीहरुले अनुगमन गर्दा तालुकदेर उक्त क्षेत्रबाट भाग्ने गर्थे । स्थानियहरुका अनुसार उनी एक्लै बाघसँग लड्ने गरेका थिए । ५० वर्षीय आरोपीलाई अहिले अदालतमा चलिरहेको मुद्दाको सिलसिलामा थुनामा पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस