प्रम केपीले लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर  पूरै समर्पण गरी धूपबत्ती गरे कसो होला ! : नेता भिम रावल

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, ११ : २२
प्रम केपीले लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर  पूरै समर्पण गरी धूपबत्ती गरे कसो होला ! : नेता भिम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले जनता प्रधानमन्त्री केपी ओली प्रति कडा टिप्पणी गर्दै लम्पसार नै पर्ने हो भने जसपालाई २० मन्त्रालय दिन सुझाव दिएका छन् । 

नेता रावलले समाजवादी पार्टी (जसपा) को ठाकुर पक्ष ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जान लागेको समाचारप्रति टिप्पणी गरेका छन् । सोमबार सामाजिक संजालमा ट्वीट गर्दै उनले उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै जसपालाई २० मन्त्रालय दिएर बाँकी आफूसँग राखेर समर्पण गर्दै लम्पसार परेर शक्तिलाई मख्ख पार्ने काम गरेको आरोप लगाएका छन् । 

उनले ट्वीट गर्दै भनेका छन्–‘जसपा (महन्थ पक्ष) लाई ८ मन्त्री र २ राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो। प्रम केपीले लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँग राखेर पूरै समर्पण गरी धूपबत्ती गरे कसो होला, यसो गर्दा खुसी पार्नुपर्ने, शक्ति पनि मक्ख पर्ने ।'

सोमबार मात्रै सरकारमा जाने विषयमा प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ राजेन्द्र महतोलगायतका नेताको भेटवार्ता भएको थियो । भेटमा सहभागी नेता ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने कुरा सार्वजनिक भएको थियो । 

प्रतिक्रिया दिनुहोस