यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु

रासस

सोमबार, १७ जेठ २०७८, ११ : ५६
यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु

दार्चुला । अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो ।

यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुईरतीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन् । 

मृतकको शवलाई आइतबार घर ल्याइएको छ । मृतकका दुई छोरा र दुई छोरी छन् । यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरामा परी मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस