नेता भिम रावलले किन हटाए नागरिकता सम्बन्धी ट्वीट ?

सफल खबर संवाददाता

मंगलबार, ११ जेठ २०७८, १० : ३१
नेता भिम रावलले किन हटाए नागरिकता सम्बन्धी ट्वीट ?

काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले नागरिकता सम्बन्धी सोमबार गरेको ट्वीट हटाएका छन्। उनले ट्वीटमा सरकारले नागरिकता अध्यादेश जारी गरेपछि वीरगञ्जमा नागरिकता लिन मानिसहरुको भिड लागेको र त्यसमा भारतबाट आएका मानिसहरुको संख्या अत्याधिक रहेको उल्लेख गरेका थिए।

उनले ट्वीटमा हिजो यस्तो उल्लेख गरेका थिए–‘‘वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो। प्रधानमन्त्री केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडेजस्तै गर्नलाई हो किरु नेपाली जनतालाई जवाफ चाहियो। सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौँ ।’

निषेधाज्ञाका बेला कार्यालयहरु बन्द रहँदा नागरिकता लिन कसरी भिड लाग्यो भन्दै मानिसहरुले आलोचना गरेपनि उनले आज सो ट्वीट हटाएका छन् । उनले त्यो ट्वीट हटाउएर अर्को ट्वीट गर्दै नागरिकताबारे पष्टयाउदैं भनेका छन्–‘मैले वीरगञ्जमा नागरिकता लिनेको भिड देखियो भन्ने समाचार आयो सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन। सरकारले प्रष्ट पारे भइहाल्यो। तर उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनु हुने सबैलाई धन्यवाद दिँदै मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु।’

नेता रावलले हटाएको ट्वीट

 

प्रतिक्रिया दिनुहोस