काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गए पनि उपत्यकाबाहिरका गाउँबाट संक्रमित उपचारमा आउने क्रम बढेको यहाँका अस्पतालहरूले जनाएका छन्।
केही दिनदेखि घटेको संक्रमितको चाप पुनः दोहोरिन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार दुई दिनयता उपत्यकानजिकका धादिङ, काभे्र, नुवाकोटलगायत जिल्लाबाट कडा लक्षणसहितका संक्रमित उपचार गराउन आइरहेका छन्। उनले उपत्यकाबाहिरका गाउँबाट आइतबार अस्पतालमा १६ जना संक्रमित आएको जानकारी दिए।
महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पतालमा पनि उपत्यकाबाहिरका ग्रामीण क्षेत्रबाट संक्रमित आउन थालेका छन्। दुई सातादेखि गाउँबाट बिरामी आउने क्रम सुरु भएको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ पल्मोनरी तथा छातीरोग विशेषज्ञ डा. निरज बमले बताए।
अस्पतालमा नुवाकोट, रसुवा, काभे्र, सिन्धुपाल्चोकका गाउँबाट गम्भीर अवस्थाका संक्रमित आउने गरेका छन्। समयमै उपचार नपाएका कारण कतिपय बिरामीको आउँदाआउँदै मृत्यु हुने गरेको डा. बमले बताए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १० जेठ २०७८, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको संक्रमण देखिँदै
चितवनको मकैमा अमेरिकन फौजी कीराको संक्रमण