अखिल(क्रान्तिकारी) चितवनद्वारा संसद् विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, २१ : ५५
अखिल(क्रान्तिकारी) चितवनद्वारा संसद् विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

चितवन । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले  प्रतिनिधिसभा विघटनको विरोधमा चितवनको सातै वटा स्थानीय तहमा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । 

प्रधानमन्त्री ओलीको सिफारिसमा असंवैधानिक रुपमा राष्ट्रपति भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेपछि काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष, जनमोर्चा लगायत दल र तिनका भ्रातृ संघ संगठनहरु विरोधमा उत्रिएका छन् ।

त्यही विरोधअन्तगर्त पुत्ला दहन गरिएको अखिल (क्रान्तिकारी)का चितवन जिल्ला इन्चार्ज अशोक देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस