काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १९१ जना संक्रमित भएका छन् । यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५८९ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट संक्रमण हुनेको संख्यामा बिगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिक स्वास्थ्य मन्त्रालयले बताएको छ । अमेरिकामा हाल सम्म कूल ५ लाख ८८ हजार ८ सय ४९ जनाको निधन भएको छ भने पछिल्लो दुई हप्तामा १४ प्रतिशतले मृत्यु संख्या घटेको छ ।
हाल अमेरिकामा ३० हजार ७ सय ६३ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन भने भर्ना हुनेको संख्या २२ प्रतिशतले घटेको छ ।
शुक्रबार अमेरिकामा १० लाख ४३ हजार ७०७ जनाले कोरोनाको जाँच गराएका छन् । शनिवार बिहानसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या तीन करोड एक लाख पाँच हजार ३२५ रहेको छ । अमेरिकामा कूल २८ करोड १५ लाख ९५ हजार ३ सय ५१ जनाले कम्तिमा एक खोप लगाएका छन ।
अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ३८ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको संख्या ४९ प्रतिशत पुगेको छ । अमेरिकाको कूल संख्या ३३ करोड १४ लाख छ भने ३५ करोड ४९ लाख खोप आपूर्ति भै सकेको सरकारी अधिकारीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०८ जेठ २०७८, २२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन