मुम्बईको समुद्रमा एउटा जहाज डुब्यो, १४ जनाको शव फेला

एजेन्सी

बुधबार, ०५ जेठ २०७८, १३ : ४४
मुम्बईको समुद्रमा एउटा जहाज डुब्यो, १४ जनाको शव फेला

मुम्बई । चक्रवाती आँधी ताऊ ते गुजरातमा कमजोर भएर अघि बढिरहेको छ । तर यसअघि यसले मुम्बईसमेत महाराष्ट्रको तटवर्ती जिल्लामा विध्वंश मच्चाएको छ । 

यसैबीच मुम्बइको समुद्रमा फसेको ४ जहाजमा विार ७ सय १३ मानिसहरुमध्ये ६२० जनाको उद्धार गरिएको छ । यीमध्ये बार्ज पी ३सय ५ डुबेको छ जसमा सवार ७५ भन्दा बढी मानिस अहिले पनि हराइरहेका छन् ।

नेवीका अनुसार हालसम्म १४ शव भेटिएका छन् र यो जहाजबाट १ सय ८४ जनाको उद्धार गरिएको छ ।

जहाज               यतिजना सवार       यतिको उद्धार

बार्ज पी ३०५               २७३                १८०

जीएएल कन्स्ट्रक्टर        १३७                १३७

बार्ज एसएस–थ्री           २०२               सबै सुरक्षित

सागर भूषण                 १०१                १०१

प्रतिक्रिया दिनुहोस