एमाले कार्यदलले आचारसंहिता बनाएर कार्यान्वयन गर्ने

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, १७ : ५१
एमाले कार्यदलले आचारसंहिता बनाएर कार्यान्वयन गर्ने

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठकले आचारसंहिता बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले आपसमा अन्तरविरोध र अविश्वास सिर्जना हुने कार्यबाट अलग रहन आचारसंहिता बनाउने निर्णय गरेको हो । 

कार्यदलले कार्यविधि, कार्यसूची र आचारसंहिता तयार गरेर लागू गर्ने निर्णय गरेको हो । एमालेमा एउटै संगठन संरचना कायम गर्न कार्यविधि र कार्यसूची बनाइने भएको हो । 

पार्टीमा एकता र समझदारी वृद्धि गर्न तथा एकापसमा अविश्वास, असहयोग, अन्तरविरोध हुने कामबाट अलग रहन कार्यकर्ता पंक्तिलाई अपिल गरेको छ’, कार्यदलका सदस्य भीम रावलले भने । अर्को बैठक बुधवार बस्ने भएको छ ।


 

प्रतिक्रिया दिनुहोस