एमाले कार्यदलको बैठक ३ बजे बस्दै

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, १२ : ०८
एमाले कार्यदलको बैठक ३ बजे बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेको पार्टी एकताबद्ध बनाउन गृहकार्यका लागि गठन गरिएको कार्यदलको बैठक दिउँसो ३ बजे बस्दैछ ।  बैठकमा आगामी दिनमा पार्टीलाई कसरी एकताबद्ध बनाउदै लैजाने भन्ने विषयमा छलफल केन्द्रीत रहने कार्यदलका संयोजक एवम् एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताए ।

पछिल्लो समय जेठ २ गते प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचमा सिहह्दरबारस्थित भएको भेटवार्तामा पार्टी अध्यक्ष ओली र नेता नेपाल पक्षका ५–५ जना सदस्यहरु कार्यदलमा रहेका छन् । जसमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल हुनुहुन्छ भने नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुषाल हुनुहुन्छ । 

कार्यदलमा रहेका दुवै पक्षका सदस्यको बीचमा दिउँसो पार्टी एकताबद्ध सम्बन्धमा छलफल गर्न पहिलो पटक औपचारिक बैठक बस्न लागेको हो ।वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस