काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज उच्च वृद्धि भएको छ ।साताको पहिलो दिन कारोबार रकममा समेत उत्साहजनक वृद्धि देखिएको छ । ८ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बजार ५४.२६ अंकले बढ्यो ।
यो २.०२ प्रतिशतको वृद्धिदर हो । आइतबार कारोबार रकम १० अर्ब ४० करोड ३८ लाख भएको छ । बजार २७३८.३५ अंकमा पुगेर रोकिएको छ ।
आज ८ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आइतबार कुल २१४ कम्पनीको १ लाख १३ हजार ६९ वटा कारोबार भएको छ । यी कारोबारमा कुल २ करोड १४ लाख २८ हजार ८ सय ८२ कित्ता सेयर किनबेच भएको छ ।
आइतबार सबैजसो परिसूचकमा हरियाली छायो । यसमध्ये निर्जिवन बीमा समूहको परिसूचक सबैभन्दा बढी बढ्यो । त्यसपछि क्रमशः विकास बैक, जिवन बीमा, लगानी समुहको परिसूचकमा वृद्धि भएको छ ।
यसबाहेक शिखर इन्स्यारेन्स, समता घरेलु लघुवित्त वित्तीय संस्था, सप्तकोशी विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स र विशाल बजार कम्पनीका लगानीकर्ताले बढी कमाए ।
आज बढी गुमाउनेमा भने युनियन हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, नारायणी विकास बैंक, घलेम्दी हाइड्रोलगायत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ जेठ २०७८, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट