काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–६, बालवन वालखोलामा आज अपरिचित ३० वर्षीय पुरुषको शव भेटिएको छ ।खोलामा घोप्टो परेर अनुहार पानीमा डुबेका अवस्थामा गहुँगोरो वर्णको, पाँच फिट आठ इन्च उचाइ भएको, दाहिने हातको बूढीऔँला र चोरी औँलाका बीचमा ॐ लेखिएको ट्याटु, बायाँ खुट्टाको पिँडौलादेखि कान्छी औँलासम्म पुरानो खत रहेको पुरुषको शव भेटिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाइएको गिरीले बताए । घटना कसरी भयो, हत्या हो कि अरू कुनै कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले घटनास्थलबाटै अनुसन्धान शुरु गरेको जनाउँदै गिरीले मृतकको पहिचान खुलेपछि र शव परीक्षणको रिपोर्ट आएपछि मात्रै थप भन्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०२ जेठ २०७८, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता